दफा १६
सुत्केरी बिदा
(१) महिला श्रमजीवी पत्रकार गर्भवती भएमा निजले सुत्केरीको अघि वा पछि गरी साठी दिन सुत्केरी बिदा लिन पाउनेछ ।
(२) उपनियम (१) बमोजिम सुत्केरी बिदा लिएको महिला श्रमजीवी पत्रकारले चाहेमा लगातार थप छ महिनासम्म सुत्केरी बिदा लिन सक्नेछ ।
(३) उपनियम (२) बमोजिम कुनै महिला श्रमजीवी पत्रकार बिदामा बसेमा त्यस्तो अवधि निजको नोकरी अवधिमा जोडिनेछ ।
(४) कुनै पुरुष श्रमजीवी पत्रकारको पत्नी सुत्केरी हुने भएमा त्यस्तो कर्मचारीले सुत्केरीको अघि वा पछि गरी पन्ध्र दिन सुत्केरी स्याहार गर्न बिदा लिन पाउनेछ ।
(५) …………………..
(६) यस नियम बमोजिम बिदामा बस्ने श्रमजीवी पत्रकारले पूरा तलब पाउनेछ ।
तर उपनियम (२) बमोजिम बिदामा बस्ने श्रमजीवी पत्रकारले सो अवधिको तलब पाउने छैन ।
(७) श्रमजीवी पत्रकारले बच्चाको स्याहारको निमित्त सम्बन्धित सञ्चार प्रतिष्ठानबाट
बढीमा दुईवटा बच्चाको लागि जनही एकमुष्ट पाँच हजार रुपियाँ शिशु स्याहार भत्ता पाउनेछ ।
तर कुनै श्रमजीवी पत्रकारको पति र पत्नी दुवैजना एउटै सञ्चार प्रतिष्ठानमा
कार्यरत भएमा पुरुष श्रमजीवी पत्रकारले त्यस्तो भत्ता पाउने छैन ।
(८) उपनियम (४) बमोजिमको बिदा लिने श्रमजीवी पत्रकारले तीन महिना भित्रमा आफु कार्यरत सञ्चार प्रतिष्ठानमा बच्चाको जन्मदर्ता प्रमाणपत्र पेश गर्नु पर्नेछ र जन्म दर्ता प्रमाणपत्र पेश नगरेमा निजले सुत्केरी स्याहार गर्न लिएको बिदाको अवधि अन्य बिदाबाट कट्टा गरिनेछ ।
(९) यस नियम बमोजिमको बिदाको अभिलेख सम्बन्धित सञ्चार प्रतिष्ठानले अद्यावधिक गरी राख्नु पर्नेछ ।